२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ

पाटनका मेयरको पत्र, जसले स्वराडको पुल निर्माणको साटो अलपत्र

SansherOnline SansherOnline
मङ्गलबार १२, असार २०८० ०६:१३
पाटनका मेयरको पत्र, जसले स्वराडको पुल निर्माणको साटो अलपत्र

बैतडी : सात वर्षदेखि निर्माणकार्य अलपत्र रहेको बहुचर्चित पाटन-पञ्चेश्वर सडक खण्डको गोइडाखोला पूल निर्माणले गती नलिनुमा पछिल्लो समय पाटन नगरपालिकाका मेयरको पत्रले थप बल पुगेको छ ।

पुल निर्माणलाई निकास दिनुको साटो अलपत्रै अवस्थामा रहेको पुलको निर्माणकार्य रोक्न पाटन नगरपालिकाका मेयर गौरी रावलले ०७९ चैत्र १२ गते सडक डिभिजन कार्यालयलाई एउटा पत्र समेत लेखेका छन् । सात वर्ष देखि गोइडाखोला पुल निर्माण नहुँदा जिल्लाको ठुलो भेग तल्लोस्वराड क्षेत्रको यात्रा असहज भएको छ । 

स्थानीयको अवरोध भएकाले स्थानीयको समस्या समाधान नहुन्जेल सम्म पुल निर्माणको कार्य अगाडी नबढाउनु भनि नगरप्रमुख गौरी रावलले पत्र लेखेका छन् । 

अहिले संचारमाध्यममा पुल बनेन भन्ने समाचार आएपछि नगरप्रमुखले पठाएको पत्र समाजिक संजालमा भाइरल भइरहेको छ । समाजिक संजालमा पत्र भाइरल भएपछि नगर प्रमुख रावलको समस्या समाधान गर्नको सट्टा कामनै रोकेको भनेर चौतर्फी आलोचना भएको छ ।

मेयरले विवादका कारण पुल निर्माण रोक्न भनेपनि पाटन नगरपालिकास्थित न्यायिक समितिमा भने यस सम्बन्धि कुनै निवेदन नआएको न्यायिक समितिका संयोजक कमल बोहराले बताउनुभयो । उहाँले भन्नुभयो ‘मलाई थाहा थिएन अहिले सामाजिक सञ्जालमा नगरप्रमुखले हस्ताक्षर गरेको पत्र देख्दैछु ।’ ‘ठुलो  भेगलाई समेट्ने पुल निर्माणको विषयमा नगरप्रमुखले यस्तो पत्र नलेख्नु पर्ने थियो । म आफैलाई लाज भएको छ, म यस्तो कार्य प्रती खेद प्रकट गर्दछु ।’ उपप्रमुख बोहराले भन्नुभयो ।’

स्थानीयहरुलाई समस्या नहुने गरेर अझैपनि समस्या समाधान गर्न पहल गरिने उपप्रुख बोहराले बताउनुभयो । अफुलाई स्थानीयको निवेदन आएको र निर्माण व्यवसायी स्थानीय र सडकको मान्छे राखेर छलफल गरि मात्रै पत्र पठाएको नगर प्रमुख रावले बताउनुभयो । तर विवादको विषय न्यायक समितिमा छलफल गरिने विषयलाई नगरप्रमुखले न्यायक समितिको वास्ता नगरी सात वर्षदेखि बन्न नसकेको पुल निर्माणको कार्य बन्द गर्न पत्र लेखि निर्माण व्यवसायीको बचाव गरेका छन् । 

सडक डिभिजन कार्यालयका अनुसार भने पुल बनाउन स्थानीयको कुनै विवाद छैन्, तर सडक माथिबाट माटो खन्न स्थानीयले रोकेका थिए । सडक डिभिजन कार्यालय, पाटनका प्रमुख मुकुन्द लामिछानेका अनुसार स्थानीयले पुल निर्माण गर्न नभई सडक माथीबाट माटो खन्न विवाद गरेका हुन् । पुल निर्माण गर्दा स्थानीयको जमीनमा कुनै किसमको नोक्सानी हुने देखिएको छैन् । 

सडक डिभिजन कार्यालसंग २०७३ सालमा सम्झौता गरि २०७४ फागुनमा निर्माण सम्पन्न गर्ने भनी रफीना एण्ड कनस्ट्रक्सन प्राली बुद्धनगर काठमाण्डौले सम्झौता गरि पाटन बैतडीका स्थानीय निर्माण व्यवसायी मदनमोहन विष्टलाई कामको जिम्मा दिएको थियो ।

२ करोड ७१ लाख ८४ हजार रकममा सम्पन्न गर्नुपर्ने पूलको अहिले सम्म ५० प्रतिशत भौतिक प्रगती भएको र १ करोड ३४ लाख १६ हजार रुपया भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । 

स्थानीयले क्षतीपूर्ती माग गरि अबरोध गरेको र कार्यालयले यसमा उदासिन्ता देखाएको हुँदा पूल निर्माण हुन नसकेको निर्माण व्यवसायी विष्टको तर्क छ ।  

प्रतिक्रिया