२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ
आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशी

आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशी भोली बैतडी आउदै

SansherOnline SansherOnline
बुधबार २१, पुष २०७८ १२:४७
आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशी भोली बैतडी आउदै

बैतडी।सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशी भोली बिहिवार बैतडी आउने भएकी छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक बर्षको नियमित कार्यक्रम अन्तरगत मानव बेचबिखन सम्बन्धि अन्तरकृया सरकारी कार्यालयका कार्यालय प्रमुखसंग जिल्ला प्रसासन कार्यालय बैतडीमा भेटघाट कारागार ब्यबस्थापन सम्बन्धि जानकारी लिन र सिमाना झुलाघाटको अनुगमन गर्न, आउने नेकपा एकीकृत समाजबादी दार्चुला जिल्ला इन्चार्ज नरेन्द्र बिस्टले जानकारी दिनुभएको छ।

यस्तै कार्यक्रममा एकीकृत समाजबादी दार्चुलाका जिल्ला इन्चार्ज नरेन्द्र विष्ट तथा नेकपा एकीकृत समाजबादी बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट र कानुन मन्त्रालयको कर्मचारीहरुको टोलि सहित बैतडी आउने बिस्ट ले बताएकाछन ।

यस्तै भोलि बिहान ठिक ९ बजे अपिगेस्ट हाउस गोठलापानी बैतडीमा पत्रकार सम्मेलन राखेकोले विभिन्न मिडियामा आबद्ध पत्रकारहरु लाइ उपस्थितको लागि समाज बादी प्रेस संगठन बैतडीले आहवान गरेको छ।

प्रतिक्रिया