२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ
हिमपात पर्न सुरु

बैतडीका विभिन्न ठाउँमा हिमपात सुरु, जनजिवन कष्टकर

SansherOnline SansherOnline
बुधबार १४, पुष २०७८ ०७:०९
बैतडीका विभिन्न ठाउँमा हिमपात सुरु, जनजिवन कष्टकर

आषिस माल बैतडी । बैतडीका विभिन्न ठाउँमा हिमपात पर्न सुरु भएको छ । बैतडीको पाटननगरपालिकाको  खोड्पे,डोल्यामोड, श्रीभाबर  सुर्नयागाउपालिकाको सतबाझ दशरथ चन्दनगरपालिकाको देहिमान्डौ लगायतका भिभिन्न ठाउँमा हिमपात भएको छ । हिमपात भएसँगै जनजीवन प्रभावित हुन पुगेको हो ।मंगलबार साझदेखी सामान्य रुपमा हिमपात हुन सुरुभए पनि बुधबार बिहानै बाटभने अलि बाक्लो हिमपातपर्न थालेको बैतडीको पाटननगरपालिका खोड्पेका स्थानीय गोपाल महराले जानकारी दिनुभएको छ ।उनले भने, ‘अहिले पनि हिउँ परिराछ । मौसम खराब छ । चिसोले बाहिर निस्कनै समस्या भएको छ ।हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित भएको महराले बताएका छन । 
उनका अनुसार वर्षात् सुरू भएसँगै हिउँदेबाली सप्रिने भन्दै किसान खुशी भएका छन् । लामो समयपछि बल्ल वर्षात् भएका कारण अहिले यहाँका किसान निकै खुशी भएका छन । आलुखेती गर्ने किसान हरु सारै चिन्तित थिए पानीपरेसंगै आलुखेती गर्ने किसानहरुका लागी सहज भएको महराले बताए ।
यसैगरी नेपाली सेनाको सामुहिक तालिम गरिराख्नु भएको हनुमानध्वज गुल्म बैतडीले कटपते ब्यारेकमा पनि बाक्लो हिउपरेको चिसो असाध्य बडेको र यहाँको तापक्रम निकै घटेको बताएको छ। अफ्ठ्यारो जमिन प्रतिकुल मौसममापनि हामी हाम्रो सामुहिक तालिमलाई निरन्तरता दिइरहेकाछौ । यस्तो प्रतिकुल मौसममा पनितालिम गर्दा हामीले केहि नौलोमहसुस गरिरहेका छौ ।
यस्तो प्रतिकुल मौसममा पनि तालिम गर्दा थप हामिलाइ उर्जा आउने छ र  हिमपातले गर्दा कतै बाटोबलक केहि समस्या भयो भने हामी तुरुन्तगएर सहयोग गर्ने र हिमपातले गर्दा केही तेस्तो समस्या भैहालेमा मैले दुइओटा टोलि बनाएर एउटा टोलि देहिमान्डौ तिर र अर्को टोलि छेला तर्फ पठाएको कटपतेमा सामुहिक तालिम गरिराख्नु भएका हनुमान ध्वज गुल्मका गुल्मपति तथा सेनानी खिल बहादुर रानाले बताए ।

प्रतिक्रिया