२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

पोखरा विमान दुर्घटना अपडेट : ३५ जनाको शव निकालियो

SansherOnline SansherOnline
आइतबार ०१, माघ २०७९ ०१:४०
पोखरा विमान दुर्घटना अपडेट : ३५ जनाको शव निकालियो

काठमाडौं ; पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट ३५ जनाको शव निकालिएको छ। आज काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको हो।

हाल उद्धार कार्य भइरहेको र घटनास्थलबाट ३५ जनाको शव निकालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले थाहाखबरलाई जानकारी दिए। आज काठमाडौंबाट पोखरा गएको यो विमान अवतरणको क्रममा विमानस्थल नजिकैको सेतीको खोचमा दुर्घटना भएको हो।

काठमाडौं १०ः२५ मा उडेको यो विमान पोखरामा ११:१० दुर्घटना भएको हो। विमान दुर्घटना हुनुको कारण अझैसम्म खुल्न सकेको छैन।

प्रतिक्रिया