२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
सोमबार ०७, कार्तिक २०७९ ०१:०८
महाकविको एक सय १४ औं जन्मजयन्ती मनाइँदै

काठमाण्डौ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको  डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन्  । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाए । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनीगरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । 

प्रतिक्रिया