२०८१ बैशाख ११ गते मङ्गलबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
मङ्गलबार ०१, कार्तिक २०७९ ०१:५१
आगामी निर्वाचनको लागि बैतडीमा ५ वटा मतदान केन्द्र थप

बैतडी — आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बैतडीमा ५ वटा मतदान केन्द्र थपिएका छन् । २०५ ओटा मतदान केन्द्र रहेको जिल्लामा आसन्न चुनावका लागि ५ ओटा मतदान केन्द्र थप गरेपछि मतदान केन्द्रको संख्या २ सय १० पुगेको छ । थप भएका मतदान केन्द्रमा मणिलेक मावि गुरुखोला, शिवस्थली मावि जर्ग, दशरथचन्द नगरपालिका ५ को कार्यालय पल्लाचौंडाली, पुर्चौंडीस्थित जनता मावि रौनालीचौर र मेलौलीस्थित कोटेश्वर आधारभूत विद्यालय केन्द्र रहेका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए ।
यस्तै आसन्न निर्वाचनका लागि जिल्ला कारागारमा पनि एउटा अस्थायी मतदान केन्द्र राखिने उनले बताए । जिल्लामा १२९ मतदानस्थल रहेका छन् भने २१० ओटा मतदान केन्द्र छन् ।

प्रतिक्रिया