२०८१ बैशाख १९ गते बुधबार
ट्रेन्डिङ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सरकारमा जाने/नजाने निर्णय लिने

SansherOnline SansherOnline
बुधबार २३, फागुन २०८० ०९:१६
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, सरकारमा जाने/नजाने निर्णय लिने

काठमाडौं : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टी सचिव जीवनराम श्रेष्ठ जानकारी दिनुभएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभएको थियो । जवाफमा नेपालले सल्लाह गर्ने बताउनुभएको थियो। 

प्रचण्डको प्रस्ताव, सरकारमा सहभागिताबारे छलफल गर्न बैठक बोलाइएको हो । सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा  निर्णय लिइने बताइएको छ।

प्रतिक्रिया