२०८१ बैशाख १९ गते बुधबार
ट्रेन्डिङ

बैतडीमा एमाले अधिवेशनको मिति नजिकियो, अध्यक्षमा ३ जनाको दावी

SansherOnline SansherOnline
सोमबार २१, फागुन २०८० १०:५५
बैतडीमा एमाले अधिवेशनको मिति नजिकियो, अध्यक्षमा ३ जनाको दावी

बैतडी : बैतडीमा एमाले अधिवेशनको सरगर्मी बढेको छ । आगामी फागुन २८ र २९ गते आयोजना हुने नेकपा एमाले बैतडीको नवौँ अधिवेशनका लागी तयारी तिब्र पारिएको हो । अधिवेशनका लागी पार्टीले जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधी छनौट गरेको छ । शनिबार अधिवेशनका लागि सबै पालिकाबाट सर्वसम्मत प्रतिनिधि छनोट गरिएको जनाइएको छ ।

अधिवेशनका लागि सबै वडाबाट ६ सय बढी प्रतिनिधि छनोट भएका उनले बताए । ७५ संगठित सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट भएका र दलित संगठित सदस्यबाट ४० जना बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट भएका बताइएको छ। आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका र अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको जनाएको छ । अधिवेशनबाट नेतृत्व लिनका लागि नेताले तयारी थालिसकेका छन् । यहि फागुन २८ र २९ गते हुने अधिवेशनको तयारी तीव्र पारिएको होृ । अधिवशेनबाट सर्वसम्मत नेतृत्व चयन हुने एमाले बैतडीले जनाएको छ ।

पार्टीको नवौँ अधिवेशनमा नेतृत्व लिन नयाँ र पुराना नेताहरु कस्सिएका छन् । अध्यक्षका लागी नरेश बि.क, हालै नेकपा एकिकृत समाजवादी छोडेर एमालेमा फर्केका नरेन्द्र बिष्ट र पार्टी उप सचिव समेत रहेका लोकेन्द्र भण्डारीको नाम चर्चामा छ । तर निर्वाचननै हुने स्थिती नआउने नेताहरु बताउँछन् । एमालेका निबर्तमान सुदुरपश्चिम अध्यक्ष तथा केन्द्रिय सदस्य दामोदर भण्डारीको गृह जिल्ला बैतडीमा उनको निर्देशन बिपरित नहुने भएका कारण सकेसम्म सहमतीबाटै नेतृत्व टुगिंने नेताहरु बताउँछन् ।

प्रतिक्रिया