२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
बिहिबार १२, पुष २०८० ०६:२५
सुर्नयाका हाकिम अवस्थीको सरुवा, अब बैतडीकै सिगास पुगे

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीको सिगास गाउँपालिकामा सरुवा भएकोे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अवस्थीलाई सिगास गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो ।  

२०७९ माघ २५ गते सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका अवस्थीको झण्डै एक बर्षमा सरुवा भएको छ । सुर्नयामा रहँदा आफूले सके अनुसार राम्रो काम गर्ने प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए ।  

सुर्नयामै छदाँ पनि सिगास र डिलाशैनीको कामकाज गर्ने जिम्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अवस्थीलाई दिएको थियो ।  

सिगास गाउँपालिका गएको असोजदेखि नै प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको थियो । अवस्थीको सिगासमा सरुवा भएसंगै गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएको छ ।  

प्रतिक्रिया