२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ
दुधिलाखान गाजरीसम्म सडक लामो समयदेखि जीर्ण अवस्थामा रहँदा नागरिकले वर्षायाममा हिलो र हिउँदमा धूलोको मार खेपिरहनु परेको छ ।

सिगासको गाजरी गर्जे सडक निर्माण अघि बढाउन संघर्ष समिति गठन, एक हप्ताभित्र अघि नबढे आन्दोलन

SansherOnline SansherOnline
बिहिबार ०५, पुष २०८० ०९:४४
सिगासको गाजरी गर्जे सडक निर्माण अघि बढाउन संघर्ष समिति गठन, एक हप्ताभित्र अघि नबढे आन्दोलन

गौरव चन्द - बैतडी : बैतडीको सिगास गाउँपालिका स्थित दुधिलाखान गाजरी गर्जे सडकखण्डको निर्माण विगत लामो समयदेखि अलपत्र अवस्थामा छाडिएको भन्दै स्थानीयहरुले संघर्ष समिति गठन गरेका छन् । पवन चन्दको संयोजकत्वमा दुधिलाखान गाजरी गर्जे सडकखण्ड संघर्ष समिति गठन गरियको हो ।  

अब तत्काल सडक निर्माणको काम अघि बढाउन माग गर्दै  संघर्ष समितिले मागको जानकारी सिगास वडा नं १ को कार्यालय,सिगास गाउँपालिका,प्रहरी लाई निवेदनका साथ जानकारी गराउने संघर्ष समितिका अध्यक्ष पवन चन्दले बताए । 

सडकको निर्माण कार्य एक हप्ताभित्र अघि नबढे आन्दोलनमा उत्रने संघर्ष समितिले चेतावनी दिएको छ। माग पुरा नभए सशक्त आन्दोलन गर्नका लागि मिडिया लगायत संम्बन्धीत सबैलाई जानकारी गर्ने संघर्ष समितिका अध्यक्ष चन्दले जनाएका छन । 

संघर्ष समितिले एक महिना भित्र सडक सुचारू नगरिएमा सडक बन्द गर्ने र वडा नं.०१ लाई पाटन नगरपालिकामा गास्नु पर्ने लगायतका मागहरू राखेका छन्।

दुधिलाखान गाजरीसम्म सडक लामो समयदेखि जीर्ण अवस्थामा रहँदा नागरिकले वर्षायाममा हिलो र हिउँदमा धूलोको मार खेपिरहनु परेको छ । 

प्रतिक्रिया