२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

सुदूरपश्चिमका पहाडी सात जिल्लामा बाक्लो हिमपात, जनजीवन कष्टकर

SansherOnline SansherOnline
शुक्रबार २१, माघ २०७८ ११:५७
सुदूरपश्चिमका पहाडी सात जिल्लामा बाक्लो हिमपात, जनजीवन कष्टकर

बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात परिरहेको छ । हिजो अपराह्नदेखि परेको हिमपातले जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण पहाडी जिल्लाका राजमार्ग समेत अवरुद्ध भएको छ ।

हिमपातका कारण बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, महाकाली राजमार्ग र दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । बैतडीको अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहिमाडौँ सिगास, मेलौलीलगायका क्षेत्रमा हिमपात भइरहेको छ ।

डोटीको गैरा, डडेल्धुराको साहुखर्क, हगुल्टे लेक लगाएतको क्षेत्रमा भारी हिमपात भइरहेको छ । हिउँ परेपछि सडक अवरुद्ध भएका छन् ।

#हिमपात #सुदूरपश्चिम

प्रतिक्रिया