२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीका विभिन्न ठाउँमा हिमपात,जनजीवन कष्ठकर

SansherOnline SansherOnline
बिहिबार २०, माघ २०७८ ०६:४५
बैतडीका विभिन्न ठाउँमा हिमपात,जनजीवन कष्ठकर

आशिस माल बैतडी।  बैतडीका विभिन्न ठाउँमा हिमपात भएको छ । बैतडीको देहिमाण्डौ, कटपते, सतबाझ, डोल्यामोड, श्रीभाबर, ग्वालेक लगायतका भिभिन्नठाउँमा हिमपात भएको छ । हिमपात भएसँगै जनजीवन कष्ठकर भएको छ ।बिहिवार साझदेखी  हिमपात हुन सुरुभएको अहिले पनि हिउँ परिरहेको छ । मौसम खराब छ । चिसोले बाहिर निस्कनै समस्या भएको छ ।हिमपातका कारणले अत्याधिक चिसो बढेकाले बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित भएका छन । 

यसैगरी नेपाली सेनाको सामुहिक तालिम गरिराख्नु भएको हनुमानध्वज गुल्म बैतडीले कटपते ब्यारेकमा पनि बाक्लो हिउपरेको चिसो असाध्य बडेको र यहाँको तापक्रम निकै घटेको उप सेनानी बालाराम बुढाथोकी ले सनशेर अनलाईन लाई बताएका छन । अफ्ठ्यारो जमिन प्रतिकुल मौसममापनि हामी हाम्रो सामुहिक तालिमलाई निरन्तरता दिइरहेकाछौ । हिमपातले गर्दा सत्बाज झुलाघाट खण्डमा फसेका गाडीहरू हिउँ पन्छाएर पठाइएको बताएका छन। उप सेनानी बालाराम बुढाथोकीको कमान्डमा 35 जनाको टिम  तैनाथमा राखेका छौ राती पनी बाटोमा समस्या आएमा तुरुन्तै टोलीले बाटो खुलाउने काम गर्ने हनुमान ध्वज गुल्म बैतडीका गुल्मपती खिल बहादूर रानाले जानकारी दिनुभएको छ ।

यसैगरि डडेल्धुरा, बझाङका र डोटीका पहाडी क्षेत्रमा पनि हिमपात भइरहेको स्थानीयले बताएका छन्। डडेल्धुराको साहुखर्क, डोटीको हगुल्टे लेक, बैतडीको खोड्पे, मेलौली लगायतका अन्य ठाउमा र बझाङको देउलेक क्षेत्रमा भारी हिमपात भइरहेको जानकारी प्राप्त भएको छ।

#बैतडी #हिमपात

प्रतिक्रिया