२०८१ बैशाख २२ गते शनिबार
ट्रेन्डिङ

एमालेमा जिम्मेवारी हेरफेर बैतडीको इन्चार्जमा निरु,सुदूरका अरु जिल्लामा को को  ?

SansherOnline SansherOnline
शनिबार २०, जेठ २०८० ०३:४३
एमालेमा जिम्मेवारी हेरफेर बैतडीको इन्चार्जमा निरु,सुदूरका अरु जिल्लामा को को  ?

बैतडी  : नेकपा एमाले बैतडीको इन्चार्जमा निरुदेवि पाललाई चयन गरिएको छ । केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले यस अघि बैतडीको इन्चार्जको जिम्मेवारीमा रहेका पुरन दयाललाई हटाएर निरुदेवि पाललाई बैतडीको इन्चार्जको जिम्मेवारी दिएको हो ।  

पोलिटब्युरो सदस्य समेत रहेकी पाललाई नयाँ जिम्मेवारी दिएको निवर्तमान जिल्ला इन्चार्ज पुरन दयालले बताए । 

यस्तै डडेल्धुराको इन्चार्जमा गौरी ओली, दार्चुलाको इन्चार्जमा सहदेव बोगटी,  बझाङको इन्चार्जमा राजेन्द्रसिंह रावल डोटीको इन्चार्जमा लिला भण्डारी, , अछामको इन्चार्जमा लालबहादुर थापा र बाजुराको इन्चार्जमा भैरवबहादुरसिंहलाई खटाइएको छ । कैलालीको इन्चार्जमा गणेशसिंह ठगुन्ना र कञ्चनपुरको इन्चार्जमा नारदमुनि रानालाई खटाएको एमालेले जनाएको छ । 

प्रतिक्रिया