२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

दार्चुलामा एक महिला झुण्डिएको अवस्थामा मृत फेला

SansherOnline SansherOnline
शनिबार १०, पुष २०७८ ०६:२१
दार्चुलामा एक महिला झुण्डिएको अवस्थामा मृत फेला

दार्चुला । दार्चुलामा एक महिलाले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

शनिवार दिउँसो २ बजेतिर महाकाली नगरपालिका वडा नम्बर ४ बंगाबगर बस्ने २३ वर्षीया पुजा महरले आफ्नै घरको कोठामा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीले जानकारी दिए ।

घट्नाबारे प्रहरीमा जानकारी आउने वित्तिकै जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक पुष्करसिंह ऐरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल खटिएको छ ।

माइती पक्ष आइ नपुगेकाले प्रहरीले महरको शव उठाएको छैन् । माइती पक्ष पुग्ने वित्तिकै घट्ना स्थल मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने प्रहरीले  जनाइएको छ ।

प्रतिक्रिया