२०८१ बैशाख २९ गते शनिबार
ट्रेन्डिङ
हनुमानध्वज गुल्म बैतडील

राष्ट्रिय सेवादलको चौथो बार्षिको त्सव बैतडीमा सम्पन्न

SansherOnline SansherOnline
बिहिबार ०८, पुष २०७८ ०५:२२
राष्ट्रिय सेवादलको चौथो बार्षिको त्सव बैतडीमा सम्पन्न


आसिष माल बैतडी।  राष्ट्रिय सेवा दलको चौथो बार्षिको उत्सवको अबसर पारेर हनुमानध्वज गुल्म बैतडीले  सदरमुकाममा विभिन्न जनचेतना मुलक कार्यक्रम तथा वजार सरसफाई कार्यक्रम गरेकोछ ।

दशरथचन्द नगरपालिका, जिल्ला प्रसासन कार्यालय बैतडी र उध्योग बाणिज्य संघ बैतडीको सहयोगमा गुल्म कार्यालय वैतडीले विहीवार सदरमुकाममा उक्त कार्यक्रम सम्पन्न गरेको हो।
समाजमा आइपर्ने हरेक किसिमका समस्याहरु न्युनिकरण गर्न एक आपसमा सहयोगी भावनाको विकास गर्न समाजमा आकस्मीक विपतमा सवैको सहयोग आवश्यक रहेको वताउनुहुदै राष्ट्र, राष्ट्रियता प्रति जिम्मेवार भएर लाग्नुपन उत्सवको अवसर पारेर सदरमुकामको गोठलापानी वजारमा आयोजित कार्यक्रममा गुल्मपति खिल वहादुर रानाले वताउनुभएको हो । 

कार्यक्रममा नेपाली सेनाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र एन सि.सि क्याडेट बिध्यार्थीहरुलाई समाबेश गराई कोभिट १९रोगथामकालागी जनचेतनामुलक कार्य,मास्क सेनेटाइजर बितरण र जलपान कार्यक्रमका साथै सदरमुकाम गढी गोठलापानी र साहिलेक बजार को सरसफाइका गर्नुभएको हो ।
यस्तै जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ कर्मीहरुको टोलिले स्थानीय १८ जनाको कोरोना परिक्षण गर्नु भएको थियो । स्थानिय वजारमा गरिएको कोरना परिक्षणमा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीकी स्टाफनर्स दिपा मौनी बलायर ले जानकारी दिनुभएको छ ।
रास्टिय सेवा दलको चौथो बार्षिकत्सवमा जिल्ला प्रसासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद पाण्डेय, जिल्ला प्रहरीकार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक रमेश पाल सशस्त्र प्रहरीबल नम्बर ५१ गुल्मका प्रमुख गणेश शाह लगायत जिल्ला स्थिति सरकारी गैरसरकारी निकायका प्रमुख,उधोग बाणिज्य संघ बजार ब्यबस्थापन समितिका पदाधिकारी लगायत स्थानियको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया