२०८१ बैशाख २९ गते शनिबार
ट्रेन्डिङ
बैतडीको पाटन बसपार्क

बैतडीको पाटन बसपार्क निर्माणको काम सुरु भएको १२ बर्ष पुरा,बसपार्क भने अलपत्र अवस्थामा

SansherOnline SansherOnline
शनिबार ०३, पुष २०७८ ०५:४६
बैतडीको पाटन  बसपार्क निर्माणको काम सुरु भएको १२ बर्ष पुरा,बसपार्क भने अलपत्र अवस्थामा

बैतडी । बैतडीको पाटन स्थित बसपार्क निर्माणको काम सुरु भएको १२ बर्ष पुगेको छ । आर्थिक बर्ष २०६७/०६८मा बसपार्क निमार्ण सुरु गरिएको थियो ।

पाटन नयाँ सहर आयोजना कार्यालय द्वारा बसपार्क निर्माण कार्य गरिएको हो । बसपार्कको काम अझै सम्पन्न भएको छैन । अहिले बसपार्कमा १५ ओटा गाडी पार्किङ गर्ने ठाउँ, पर्खाल र शौचालय निर्माण गरिएको छ । 

निर्माण गरिएका संरचना प्रयोगमा नआउँदा भत्किन थालेका छन् भने, बसपार्क भरी घाँस उम्रिएर ठुलो झाडी बनेको छ । 

बसपार्क लाई वर्षौँदेखि अलपत्र छाडिनु दुःखद पक्ष भएको पाटन नगरपालिका ६ का स्थानीय चमन कुमार भण्डारीले बताउनुभयो । 

नयाँ सहरको रुपमा रहेको पाटनमा १ लाख मानिसलाई बसोबासको व्यवस्था गर्ने सम्मको योजना रहेको छ । सोही योजना अन्तरगत बसपार्क निर्माणको काम सुरु गरिएको भए पनि बसपार्क अलपत्र परेको छ । 

सङ्घीय सरकारको सहरी विकास मन्त्रालय अन्तरगत नयाँ सहर आयोजना कार्यालयले बसपार्क निर्माणमा हालसम्म विभिन्न ठेकेदारलाई योजना दिई २ करोड रकम खर्च गरिसकेको छ । तर उक्त खर्चको उपयोगिता शून्य जस्तै भएको स्थानीयको गुनासो रहेको छ । 

प्रतिक्रिया