२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाता, अरुण चौधरीको नाम छैन

SansherOnline SansherOnline
बुधबार १०, फागुन २०७९ ०१:३२
राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाता, अरुण चौधरीको नाम छैन

काठमाडौं  :  आसन्न राष्ट्रपति पदको निर्वाचनअन्तर्गत आज मतदाता नामावली प्रकाशन गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नाम सार्वजनिक गरेको हो ।

त्यसमा ५५० प्रदेशसभा सदस्यको नाम समावेश छ । संघीय संसद्का ३३१ सदस्यको नाम उल्लेख छ ।

कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम त्यसमा समावेश छैन । उनको निलम्बन फुकुवा भएको पत्र संसद् सचिवालयले जानकारी नगराएकाले नाम समावेश नगरिएको निर्वाचन आयोगले जनाएको छ । दाबी विरोधमा निवेदन परे उनको नाम समावेश हुन सक्ने अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, चितवन–२ मा सांसद पद रिक्त छ । मनाङबाट निर्वाचित सांसद निलम्बनमा छन् ।

प्रतिक्रिया