२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

दार्चुलामा जीपदुर्घटना ,चालक घाईते

SansherOnline SansherOnline
बिहिबार २३, मङि्सर २०७८ ०६:३३
दार्चुलामा जीपदुर्घटना ,चालक घाईते

दार्चुलामा जीप दुर्घटना भएको छ । जिल्ला सदरमुकाम खलंगाबाट मालिकार्जुन गाउँपालिका तर्फ गइरहेको म १ ज २३९ नम्बरको जीप शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाको सीमानामा पर्ने पनेबाँजमा दुर्घटना भएको हो । स्थानियका जानकारी अनुसार जीप चालक धनसिंह साउँद सामान्य घाईते भएको बुझिएको छ । चालक साउँदका अनुसार जीपमा ४ जना सवार रहेका थिए । ती ४ जना अहिले घटनास्थलमा नभेटिएको बताइएको छ । अहिले घटनास्थल प्रहरी पुगेको तथा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया