२०८१ बैशाख ०५ गते बुधबार
ट्रेन्डिङ

क्षमताभन्दा दोब्बर कैदीबन्दी जिल्ला कारागार दार्चुलामा

SansherOnline SansherOnline
बुधबार १८, माघ २०७९ ११:३७
क्षमताभन्दा दोब्बर कैदीबन्दी जिल्ला कारागार दार्चुलामा

दार्चुला ; जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । चालीस कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ । 

क्षमताबन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुलाई बस्न समस्या  भएको जिल्ला कारागारका जेलर रामराज पन्तले जानकारी दिए । उनका अनुसार २५ पुरुष र १५ महिला कैदीबन्दी राख्न उक्त कारागार बनाइएको हो । “पच्चीस पुरुष कैदीबन्दी राख्ने ठाउँमा ६१ जना राख्नुपरेको छ”, उनले भने । यस्तै १५ महिला कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल तीन जनामात्रै छन् । 

हाल कारागारमा सबैभन्दा बढी जबरजस्ती करणी मुद्दाका १९ कैदीबन्दी छन् । कर्तव्य ज्यान मुद्दाका १४ पुरुष कैदी रहेको जेलर पन्तले बताए। यस्तै चोरी डकैती  मुद्दाका दुई पुरुष, बहुविवाह मुद्दाका एक  महिला र एक पुरुष, बालविवाह मुद्दाका एक पुरुष, चोरी मुद्दाका सात कैदी र एक थुनुवा, बन्यजन्तु ओसारपोसारका तीन कैदी र  एक बन्दी तथा लागूऔषध मुद्दाका एक कैदी (पुरुष)  र एक बन्दी (पुरुष) रहेका प्रमुख पन्तले बताए ।

यसैगरी जबरजस्ती करणी, बालविवाह मुद्दाका एक पुरुष कैदी, बहुविवाह मुद्दाका दुई पुरुष र एक महिला, व्यक्ति बेपत्ता मुद्दाका एक  महिला र एक पुरुष कैदी र आत्महत्या दुरुत्साहन मुद्दाका एक पुरुष कैदी जेलमा रहेका छन् ।  रासस

प्रतिक्रिया