२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानको २८ बार्षिकोत्सव संगै सहिद दिवस सम्पन्न

SansherOnline SansherOnline
सोमबार १६, माघ २०७९ ०३:०६
सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानको २८ बार्षिकोत्सव संगै  सहिद दिवस सम्पन्न

बैतडी; सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानको २८औ बार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको सहिद दिवस समारोह सम्पन्न भएको छ।

सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष बिनोद बहादुर चन्दको अध्यक्षता सम्पन्न भएको समारोह मा प्रमुख अतिथिमा दशरथ चन्द नगरपालीका प्रमुख पुष्कर राज जोशी र उपप्रमुख कौशिला चन्द रहनु भएको थियो। यसैगरी विशिष्ट अतिथिमा ससस्त्र प्रहरि बल बैतडी प्रमुख, जिल्ला प्रशासन प्रमुख, नगरपालीका प्रमुख प्रसासकिय अधिकृत रहनु भएको थियो।

उक्त समारोहमा सहिद दशरथ चन्द स्मृति प्रतिष्ठान संचालनमा भोग्नु परेको आर्थिक संकट र प्रतिष्ठान लाई राष्ट्रिय स्तरबाट घोषणा का लागि नेपाल सरकारलाई अनुरोध समेत गरियो।

प्रतिक्रिया