२०८१ बैशाख १२ गते बुधबार
ट्रेन्डिङ

बैतडीमा बजार अनुगमन, म्याद नाघेका सामग्री राख्ने चार पसल कारबाहीमा

SansherOnline SansherOnline
शनिबार २३, पुष २०७९ ०३:३५
बैतडीमा बजार अनुगमन, म्याद नाघेका सामग्री राख्ने चार पसल कारबाहीमा

बैतडी – बैतडीमा बजार अनुगमन गरिएको छ । बिहिबार जिल्लाको गोठलापानी र गढी बजारमा गरिएको अनुगमनमा ४ वटा पसल कारबाहीमा परेका छन् । म्याद नाघेका सामाग्रीहरु राखेको भन्दै ४ वटा पसलबाट ५ हजारका दरले २० हजार रुपैया जरिवना गराइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दशरथचन्द नगरपालिका र सरोकारवालाको सहभागितामा गोठलापानी र गढी बजारका विभिन्न पसलहरुको अनुगमन गरिएको थियो ।

प्रतिक्रिया