२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
सोमबार १४, कार्तिक २०७९ ०४:५६
दलित संघ बैतडीका अध्यक्ष कोली पार्टीबाट निष्कासीत

बैतडी – नेपाली कांग्रेस बैतडीले दलित संघ बैतडीका अध्यक्ष रमेश कोलीलाई पार्टीबाट निष्कासन गरेको छ । कोलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरिएको नेपाली कांग्रेस बैतडीका अनुशासन समिति संयोजक एवं सचिव देवराज जोशीद्धारा जारी गरिएको विज्ञप्तीमा जनाइएको छ । उनलाई आगामी ५ बर्ष सम्म पार्टीको साधारण सदस्य समेत नरहने गरेर कारवाही गरिएको विज्ञप्तीमा भनिएको छ । गठबन्धनका उम्मेद्धार विरुद्ध गएर बागी उम्मेदवारको प्रचार गरेको भन्दै उनलाई कारवाहि गरिएको कांग्रेस बैतडीले जनाएको छ । साथै उनलाई पार्टीले सोधेको स्पष्टिकरणको जवाफ पनि नदिएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया