२०७९ मङि्सर १३ गते मङ्गलबार
ट्रेन्डिङ

सवारी ज्यान मुद्दामा १२ वर्षदेखि फरार कैलालीमा २ जना पक्राउ

SansherOnline SansherOnline
शुक्रबार ०८, असोज २०७८ ०३:१७
सवारी ज्यान मुद्दामा १२ वर्षदेखि फरार कैलालीमा २ जना पक्राउ

धनगढी । कैलालीमा १२ वर्षदेखि फरार रहेका २ जना पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिका -५ खानिडाँडा बस्ने दीपक अधिकारी र सोही ठाउँका गंगाबहादुर अधिकारी पक्राउ परेका हुन्। कैलाली जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा सजाय भई फरार रहेका उनीहरुलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दीपकलाई अदालतले २०६६ साउन २७ गते १ वर्ष ११ महिना १० दिन कैद र गंगाबहादुरलाई २०५८ असार १२ गते ६ महिना कैद तोकेको थियो। उनीहरुलाई जिल्ला अदालतमार्फत कारागार चलान गरिएको बताइएको छ। 

#कैलाली #धनगढी

प्रतिक्रिया