२०८१ बैशाख ०६ गते बिहिबार
ट्रेन्डिङ
कात्तिक ४ गतेबाट प्रदेशस्तरीय भेला सुरु हुने गठबन्धनले जनाएको छ।

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने

SansherOnline SansherOnline
शनिबार २९, असोज २०७९ ०४:५३
सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने

काठमाडौँ — सत्ता गठबन्धनले सात वटै प्रदेशहरूमा संयुक्त नेता(कार्यकर्ता भेला गर्ने भएको छ। चुनावी तालमेल गरेका गठबन्धन दलले आसन्न निर्वाचनलाई लक्षित गरेर आगामी कार्तिक पहिलो साता शीर्ष नेताहरुको उपस्थितिमा प्रदेशस्तरीय संयुक्त भेला गर्न लागेका हुन् । भेलामा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू र जिल्ला सभापति तथा अध्यक्षसहित तीन जनाको सहभागितामा कात्तिक ४ गतेबाट प्रदेशस्तरीय भेला सुरु हुने गठबन्धनले जनाएको छ।
गठबन्धनले नेकपा एकीकृत समाजवादीको समन्वयमा पहिलो दिन गण्डकी प्रदेशको पोखरा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त भेला गर्ने निर्णय गरेको छ। कात्तिक ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा, कात्तिक ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना हुनेछ। सत्ता गठबन्धनले प्रदेशस्तरीय अन्तिम भेला बागमती प्रदेशमा गर्ने छ। काठमाडौंमा कात्तिक ७ गते माओवादी केन्द्रको समन्वयमा वाग्मती प्रदेशस्तरीय संयुक्त भेला हुने गठबन्धनले जनाएको छ।

प्रतिक्रिया