२०८१ बैशाख १२ गते बुधबार
ट्रेन्डिङ

बैतडीमा जिप दुर्घटना हुँदा प्रहरी जवानसहित ३ जना घाईते अबस्था गम्भीर ।

SansherOnline SansherOnline
बिहिबार १६, मङि्सर २०७८ ०५:४३
बैतडीमा जिप दुर्घटना हुँदा प्रहरी जवानसहित ३ जना घाईते  अबस्था गम्भीर ।

 बैतडीको गोठलापानीबाट दोगडाकेदार ४ बसाली तर्फ गईरहेको से १ ज २२६ नम्बरको जिप बिहीबार दिउँसो ४ बजेतिर दोगडाकेदार गाउँपालिका ३ तारल भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीका १४ बर्षीय भीम धामी, सोही ठाउँका २५ बर्षीय दीपकसिंह कार्की र प्रहरी जवान समेत रहेका दशरथचन्द नगरपालिका ११ बर्तोलीका डम्मर महरा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरीकार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

जिप सडकबाट करीब ५० मिटर तल खसेको छ । सडक चिप्लो भएका कारण जिप चिप्लेर दुर्घटनामा भएको हुन सक्ने प्रहरीले जनाएको छ । जिपमा १२ जना सवार रहेका प्रहरीले बताइएको छ। चालक भने फरार रहेका छन ।

प्रतिक्रिया