२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline Sansher Online
शनिबार २९, असोज २०७९ ०१:०८
मंसिर ४ को चुनावको लागि बैतडीमा १२ सय जती म्यादी प्रहरी परिचानन गरिने

बैतडी - आगामी मंसिरमा हुने प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि बैतडीमा १२ सय जती प्रहरी परिचालन गरिने भएको छ ।  चुनावी सुरक्षाका लागि नेपाल प्रहरीसंगै जिल्लाभरी १ हजार १९१ जना म्यादी प्रहरी खटाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताउनुभयो ।  म्यादी प्रहरीका लागि १ हजार ८४९ जनाले आवेदन दिएकोमा १ हजार १९१ जना छनोट भएका उहाँले बताउनुभयो । छनोट भएका म्यादी प्रहरीका लागि असोज ३० गतेदेखि १० दिने तालिम सञ्चालन हुने छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा पाटनमा म्यादी प्रहरीका लागि तालिम सञ्चालन हुनेछ ।

प्रतिक्रिया