२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ
शुक्रबार बसेको डडेल्धुरा जिल्ला कमिटिको पूर्ण बैठकले तालमेल तोड्ने निर्णय हो ।

डडेल्धुरामा एमालेले तोड्यो काँग्रेस (बीपी) सँगको तालमेल

SansherOnline SansherOnline
शनिबार २९, असोज २०७९ १२:४८
डडेल्धुरामा एमालेले तोड्यो काँग्रेस (बीपी) सँगको तालमेल

डडेल्धुरा - डडेल्धुरामा नेकपा एमालेले नेपाली काँग्रेस (बीपी)सँगको चुनावी तालमेल तोडेको छ । शुक्रबार बसेको डडेल्धुरा जिल्ला कमिटिको पूर्ण बैठकले तालमेल  तोड्ने निर्णय हो । बैठकपछि एमालेका जिल्ला अध्यक्ष प्रकाशबहादुर साउद र सचिव गजेन्द्र शाहीले एक प्रेस विज्ञप्ति जारी गर्दै चुनावी तालमेल नगरिने जानकारी दिएएका छन् । एमालेले एक्लै चुनावमा होमिने निर्णय गरिएको बताइएको छ । काँग्रेस बिपीले तालमेलको सहमतिविपरीत डडेल्धुरा प्रदेश सभा (२) मा एमालेलाई छोडेर स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एकल रुपमा चुनावमा जाने निर्णय गरेको एमाले डडेल्धुराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया