२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

सरसफाई सम्बन्धी दुई दिने प्रशिक्षण तालिम सम्पन्न

SansherOnline SansherOnline
मङ्गलबार १४, भदौ २०७९ ०७:५०
सरसफाई सम्बन्धी दुई दिने प्रशिक्षण तालिम सम्पन्न

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर २ मा रहेको रौलेश्वर मावि कफलकोटमा रोटरी कल्बद्धारा दुई दिने सरसफाई सम्बन्धी परिक्षण तालिम सम्पन्न भएको छ। आइतबार देखी सुरु भएको सो प्रशिक्षण तालिम संयोजन नेपालको सहयोगमा आज समुह निमार्ण र काम बाडफाड गरि सम्पन्न भएको हो ।

तालिमको प्रशिक्षण रोटरी कलब काठमाण्डौका उपाध्यक्ष शुसिल कुमार कार्की,संयोजन नेपालका टिम लिडर निर्मल ज्ञवाली, सचिब प्रचन भुजेल र कार्यक्रम अधिकृत दिर्घराज जोशीले गर्नुभएको थियो ।

आज सम्पन्न भएको सो तालिममा रिक्षक विद्यार्थीको सहभागिता रहेको प्रधानाध्यापक विर बहादुर भाटले जानकारी दिनुभयो । सो कार्यक्रमले विद्यालयलाई तिन तारे घोषणा गर्नको लागि एक वर्ष सम्म सरसफाई,सम्बन्धी विभिन्न सुँचकमा काम गर्ने प्रधानाध्यापक भाटले बताउनुभयो। प्रशिक्षण तालिक विद्यालयका प्रधानाध्यापक विर बहादुर भाटको संयोजनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया