२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा सिडिओ एसईई ग्रेड वृद्धि परीक्षा केन्द्रमा छिरेपछि अत्यधिक मात्रामा चिट फेला

SansherOnline SansherOnline
आइतबार १२, भदौ २०७९ ०१:००
बैतडीमा सिडिओ  एसईई ग्रेड वृद्धि परीक्षा केन्द्रमा छिरेपछि अत्यधिक मात्रामा चिट फेला

बैतडी । बैतडीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) एसईई ग्रेड वृद्धि परीक्षा केन्द्रमा छिरेपछि अत्यधिक मात्रामा चिट फेला परेका छन् । फेला परेका चिट कार्टुनमा राखेर नष्ट गरिएको छ ।

कसैलाई सुइँको नदिई प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलगायत सुरक्षा निकायका प्रमुख सदरमुकामस्थित वीरेन्द्र माविमा पस्दा परीक्षार्थीहरु गाइड, गेस पेपर र पुस्तक नै अगाडि राखेर धमाधम चिट सार्दै गरेको अवस्थामा भेटिएका हुन् ।  

परीक्षालाई मर्यादित बनाउन केन्द्राध्यक्षलगायत प्रत्येक परीक्षा कोठामा गार्ड शिक्षक भए पनि उहाँहरुकै सामुन्ने परीक्षार्थीले चिट चोर्दै गरेको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । आइतबारको परीक्षामा फेला परेका चिट सङ्कलन गरेर नष्ट गरिएको उहाँले बताउनुभयो ।

बैतडीमा एसईई ग्रेड वृद्धि परीक्षाका लागि दुई हजार सातसय परीक्षार्थी सहभागी रहेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।

प्रतिक्रिया