२०८१ बैशाख २९ गते शनिबार
ट्रेन्डिङ

अछाममा हजुरआमामाथि कुटपिट भैरहेको भिडियो खिच्ने नाती सम्मानित

SansherOnline SansherOnline
शुक्रबार १०, भदौ २०७९ ०५:२९
अछाममा हजुरआमामाथि कुटपिट भैरहेको भिडियो खिच्ने नाती सम्मानित

अछाम । अछाममा हजुरआमा कुटेको भिडियो खिच्ने नाती सम्मानित भएका छन्। अछाम पञ्चदेवल विनायक नगरपालिका–६ की ५३ वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो खिच्ने ११ वर्षीय दीपेन्द्र न्यौपानेलाई प्रहरीले आज एक कार्यक्रमका बीच सम्मान गरेको हो। भदौ ७ गते आफ्नो हजुरआमामाथि कुटपिट भइरहेको भिडियो उनले खिचेका थिए।

दीपेन्द्रलाई जिल्ला प्रहरी कार्यालय अछाममा आयोजित एक कार्यक्रममा सुदूरपश्चित प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणबहादुर रावलले सम्मान पत्रले सम्मान गरेका हुन्। अछाम प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले समाजमा लुकेर रहेका घर भित्रका हिंसाका घटनालाई भिडियो खिचेर बाहिर ल्याई घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनमा महत्वपूर्ण योगदान पुर्‍याएकाले उनलाई सम्मान गरिएको बताए।डाँगीका अनुसार आफ्नै बुहारी र देउरानीले जैसरालाई लछारपछार गरी शारीरीक तथा मानसिक रुपमा अपमानजनक र अमानवीय ब्यबहार गरेको दीपेन्द्रले खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले कुटपिटमा संलग्न दुबै महिलालाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रियामा लगेको छ। डाँगीका अनुसार जैसरा राम्रोसँग बोल्न सक्दैनन्।

प्रतिक्रिया