२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

डोटीमा स्वास्थ्यकर्मीको उच्च रक्तस्रावका कारण मृत्यु

SansherOnline SansherOnline
बिहिबार ०९, भदौ २०७९ ०९:३५
डोटीमा स्वास्थ्यकर्मीको उच्च रक्तस्रावका कारण मृत्यु

डोटी । डोटीमा स्वास्थ्यकर्मीको उच्च रक्तस्रावका कारण मृत्यु भएको छ।। जिल्लाको  आदर्श गाउँपालिका–६ गिरीचौकाकी ३२ वर्षीया जानकी बोहरा खडायत र शिशुसहितजिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो। उनी पेशाले स्वास्थ्यकर्मी ९अनमी० हुन्।  मृत अवस्थाको शिशुलाई जन्म दिएको केही समयपछि उनको मृत्यु भएको जिल्ला अस्पताल डोटीले जनाएको छ। 
उनलाई स्वास्थ्यमा समस्या देखिएपछि करिब ३ घण्टाको बाटोमा स्ट्रेचरमा बोकेर गाउँपालिकाको केन्द्रसम्म उनलाई पुर्‍याइएको अस्पतालका डाक्टर राजेन्द्र फुलारा बताए। स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल ल्याइएको थियो।

अस्पताल पुगेको १० मिनेटमा मृत शिशुलाई जन्म दिएपनि अत्याधिक रक्तश्रावका कारण डेढ घण्टापछि उनको मृत्यु भएको हो। उनको बुधबार बिहान निधन भएको फुलाराले बताए।मृतकको ९ वर्षीय छोरा छन्। उनी २०७० सालदेखि घर नजिकैको गिरिचौका स्वास्थ्य चौकीमा कार्यरत थिइन्।

प्रतिक्रिया