२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

मन्त्रीको स्वकीय सचिव भेटिए मस्त निद्रामा

SansherOnline SansherOnline
सोमबार ०६, भदौ २०७९ ०६:१२
मन्त्रीको स्वकीय सचिव भेटिए मस्त निद्रामा

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको एक मन्त्रालयका स्वकीय सचिव अशोभनिय तरिकाले मस्त निद्रामा सुतेको भेटिएका छन् ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी स्थित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सवकिय सचिव सुतेको अबस्थामा भेटिएका हुन् । मन्त्रालयका राज्यमन्त्री मानबहादुर सुनारको कार्यकक्षमा उनका स्वकीय सचिव पवन बयेक उर्फ ‘किमजोङ’ अशोभनिय अवस्थामा सुतेको भेटिएका हुन् ।

मन्त्रालयमा पुग्दा स्वकीय सचिव ‘किमजोङ’ असभ्य तरिकाले सुतेको भेटिएका हुन् । मन्त्रीको कार्यकक्षमा मन्त्रीको कुर्ची खाली थियो ‘किमजोङ’ भने भुइँमा लगाइएको कार्पेटमा मस्त निद्रामा घुरिरहेका थिए ।

एसीको चिसो भएका कारण किमजोङ मस्त निदाएको हुन सक्ने भन्दै मन्त्री भेट्न आइपुगेका एक सेवाग्राहीले भने,‘मन्त्री भेटौ र केही समस्या दर्शाउ भनेको यहाँ त मन्त्रीको कुर्ची खाली रैछ, तल भुइँमा भने उनका स्वकीय सचिव किमजोङ मस्त निद्रामा थिए ।

हामी बोल्यौं, तर उनी उठ्दै उठेनन् ।’ मन्त्रीकै कार्यकक्षमा यसरी सुत्नु अशोभनिय भएको उनले बताए । ‘कृषिको विकास गर्ने मन्त्रीकै स्वकीय सचिव भने कार्यकक्षमै मस्त निदाउने रहेछन्,’ उनले भने,‘त्यही भएर त कृषि क्षेत्रको कहिल्यै विकास भएन, स्वकीय सचिव किमजोङ निदाएझैँ कृषि क्षेत्र पनि निदाइरह्यो ।’

यस सम्बन्धमा सो मन्त्रालयका राज्यमन्त्री सुनारसँग प्रतिक्रिया माग्दा उनले भने,‘मन्त्रीकै कार्यकक्षमा स्वकीय सचिव सुत्नु राम्रो काम होइन ।’ मन्त्री सुनारले केही दिनदेखि आफू काठमाडौंमा रहेको बताए । उनले भने,‘म काम विशेषले केही दिनदेखि काठमाडौंमा छु, म नभएको मौका छोप्दै मेरै कार्यकक्षमा स्वकीय सचिव त्यसरी सुत्नु कदापि राम्रो होइन ।’ सेवाग्राहीसँग समन्वयात्मक व्यवहार गर्ने मानिस नै यसरी कार्यकक्षमै सुत्नु अशोभनिय भएको मन्त्री सुनारले बताए । उनले भने,‘यदि अस्वस्थ हो भने घरमा सुत्नुपर्ने हो, तर मन्त्रालयमै आएर सुत्नु गलत हो । यस विषयमा म बुझ्छु ।उनले भने

तस्बिर भण्डाफोर डटकमले उपलब्ध गराएको हो ।

प्रतिक्रिया