२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

जिल्लामा नयाँ प्रहरी प्रमुखको रुपमा आएसंगै उनकै निर्देशनमा भयो गाँजा फडानी अभियान शुरु

SansherOnline SansherOnline
शुक्रबार ०३, भदौ २०७९ ०९:१६
जिल्लामा नयाँ प्रहरी प्रमुखको रुपमा आएसंगै उनकै निर्देशनमा भयो गाँजा फडानी अभियान शुरु

बैतडी । बैतडीमा प्रहरीले गाँजा फडानी अभियान शुरु गरेको छ । जिल्लामा नयाँ प्रहरी प्रमुखको रुपमा प्रेमबहादुर शाही आएसंगै उनकै निर्देशनमा जिल्लाभरी गाँजा फडानी अभियान शुरु भएको हो । 

गाँजा लागूऔषध भएकाले त्यसको प्रयोग र कारोबारमा रोक लगाउनका लागि गाँजाका बोट फडानी अभियान शुरु गरिएको जिल्ला प्रहरी प्रमुख प्रेम बहादुर शाहीशाहीले बताएका छन । अनुसार‘हाम्रो मातहतका सबै प्रहरी युनिटहरुलाई निर्देशन दिइसकेका छौं । गाँजाका बोटहरु नष्ट गर्ने अभियान जिल्लाभरी सञ्चालन भइरहेको छ

जिल्लाको सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र पाटन नगरपालिकाका विभिन्न स्थानमा आँफै उम्रेका गाँजाका बोटहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।स्थानीय जनप्रतिनिधि रअन्य सरोकारवालाहरु समेतको सहभागितामा गाँजा फडानी अभियान शुरु भएको प्रहरी नायब उपरीक्षक शाहीले बताएका छन ।

प्रतिक्रिया