२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

नागरिकता नहुँदा ८८ वर्षीया वृद्धा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित

SansherOnline SansherOnline
मङ्गलबार ०७, असार २०७९ ०७:४३
नागरिकता नहुँदा ८८ वर्षीया वृद्धा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित

दार्चुला । दार्चुला जिल्लाको अपीहिमाल गाउँपालिका–६ राङ्पाङ बस्ने ८८ वर्षीया बिन्द्रा धामीसँग नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुनुपरेको छ । पाको उमेर भइसकेकी धामी न कान सुन्नु हुन्छ, न आँखा देख्नु हुन्छ । शाररीक रुपमा अशक्त भएपनि उनीसँग नागरिकता नहुँदा अपाङ्गता परिचयपत्र पनि छैन् । 

वृद्धावस्थामा छोराहरुको साथ नपाएकी धामी अहिले नाति–बुहारीको घरमा जीन्दगीका बाँकी दिन कटाइरहेकी छिन् । छोरा तथा आफन्तहरुले नागरिकता बनाउन पहल नगरेपछि बुढेसकालको सहारा बन्दै आएको सामाजिक सुरक्षा भत्तासमेत नपाएको धामीको गुनासो छ । देशमा संघीयता आएर स्थानीय सरकार गठन हँुदा सिंहदरवार गाउँमा आएको भनिएपनि धामीका लागि भने यो आकाशको फल आँखा तरी मर भने जस्तै सावित भएको छ । ५ वर्ष बित्दा पनि वडाबाट उनको नागरिकताका लागि सिफारिस भएको छैन् । यस विषयमा नवनिर्वाचित वडा नम्बर ६ का अध्यक्ष धनसिंह धामीले छिट्टै वडाबाट सिफारिस गरी सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रतिवद्धता जनाए । 

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले अहिलेसम्म जिल्ला प्रशासन कार्यालयमा नागरिकताका लागि वडाको सिफारिस नआएको बताउँदै नागरिकता नपाएको भए प्रशासनले सहजीकरण गर्ने जनाए ।‘वृद्ध भएकाले उहाँ डिड्न सक्नुहुन्न्, बरु हामी घुम्ती शिविर नै संचालन गरी नागरिकता प्रदान गर्छौ,’ सहायक प्रजिअ साउँदले भने ।

प्रतिक्रिया