२०८१ बैशाख २३ गते आइतबार
ट्रेन्डिङ

पाटन–१ का दुई बिद्यालयलाई माध्यमिक तह संचालन अनुमति

SansherOnline SansherOnline
शुक्रबार १४, बैशाख २०८१ ०८:५८
पाटन–१ का दुई बिद्यालयलाई माध्यमिक तह संचालन अनुमति

ललित बोहरा-बैतडी : बैतडीको पाटन नगरपालिका-१ का दुई बिद्यालयले माध्यमिक तह संचालन अनुमति पाएका छन् । कैलाश आधारभूत विद्यालय डंसिली र सरस्वती आधारभूत विद्यालय गुथडीलाई ९ कक्षा संञ्चालन गर्ने अनुमति दिएको पाटन नगरपालिकाले जनाएको छ ।

यही बैशाख १२ गतेको पाटन नगरकार्यपालिकाको निर्णय बमोजिम शैक्षिक सत्र २०८१ देखी प्रचलित शिक्षा ऐन तथा नियमावली अनुसार संचालन हुने गरी निजीश्रोतको माध्यमिक तह कक्षा ९ संचालन अनुमति दिएको प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बुढाले बताए ।

कैलाश आवि डंसिली कक्षा ८ सम्म संचालित बिद्यालय हो भने सरस्वती आधारभूत विद्यालय गुथडी र भुमिराज आवि बाटुलासैको ६ देखी ८ र्मज गरेर बैलाचोरमा नयाँ मावि संचालन हुने बताएको छ । पोखरी, बाटुलासौ, गुथडी, गरालेक लगायतका गाउँको पायक पर्ने स्थानीय बयलाचोरमा मावि खोल्ने गरी बिद्यालय भवन निमार्णको अन्तीम चरणमा रहेको पाटन नगरपालिका उपप्रमुख कमल सिह बोहराले बताए ।

‘मावि अध्ययनका लागि तीन चार घण्टा हिडनु पर्ने बाध्यता डंसिली र बयलाचोरा वरपरका बिद्यार्थीको थिया। त्यसको सामाधना भयो।’ उपप्रमुख बोहराले भने, ‘बयलाचोरमा यो बर्ष भवन निमार्णसंगै पढाई समेत सुरु हुर्दैछ। बिहिबार अनुमती पायो।’

अहिले सरस्वती आविकै नामबाट बिद्यालय निमार्णाधिर रहेकाले यही नामबाट कक्षा ६ देखी ९ सम्म संचालनको पूर्ण तयारी गरीएको वडा अध्यक्ष तर्कसिह ठगुन्नाले बताए । ‘यो बर्ष दुई बिद्यालय मावि थप भएका छन्। ती मध्ये बयालाचोरामा केही समयपछि सरस्वती आधारभूत विद्यालयको नयाँ नामबाट संचालन हुने छ । उनले भने, ‘अहिले दुई बिद्यालय मर्ज गर्ने निर्णय समेत भइसकेको छ । भुमीराज र सरस्वती आधारभूत विद्यालयमा अब कक्षा ५ समय अध्यपन गर्ने छन् ।’

बयालाचोरमा नयाँ माविका लागि अध्यपन गराउने बिषयगत शिक्षक समेत भुमीराज र सरस्वती आविमा रहेको सरस्वती आविका प्रधानाध्यापक करवीर भट्टराईले बताए । कक्षा ६ र ८ को भर्ना सञ्चालीत रहेको र ९ कक्षामा भर्ना बिहीबारबाट सुरु गरेको उनले बताए । कक्षा ९ मा समेत भनाईका लागि पहिले केही बिद्यार्थीले नाम टिपोट गरेको प्रअ भट्टराईले बताए ।

कक्षा ६ देखी ९ सम्म भर्ना हुने बिद्यार्थीलाई बिद्यालयले शैक्षिक समाग्री दिएर स्वागत गर्ने तयारी गरिएको वडा अध्यक्ष ठगुन्नाले बताए । छिटै पढाई संचालन गरिने भएकाले समयमै आफनो नानीबाबुहरुलाई बिद्यालाय भर्ना गराउन सरस्वती आधारभूत विद्यालय गुथडीका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरबहादुर चन्दले बताए ।
शिक्षकलाई तलब भत्ता तथा शैशिक्षक समाग्रीका लागि चन्द संकलन गरिन लागेको अध्यक्ष चन्दले बताए । 

प्रतिक्रिया