२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

नयां सिडिओ र पत्रकारहरुको  परिचयात्म कार्यक्रम सम्पन्न

SansherOnline SansherOnline
मङ्गलबार ३१, जेठ २०७९ ०४:०८
नयां सिडिओ र पत्रकारहरुको  परिचयात्म कार्यक्रम सम्पन्न

आशिस माल बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले मंगलवार जिल्ला प्रशासनमा आयोजना गरेको पत्रकारहरु बिचको परिचयात्म तथा अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन बैतडीका तत्कालीन प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पान्डे को गृहमन्त्रालय सरुवा भए पछि वहाँको ठाउँमा गृहमन्त्रालय बाट सह सचीव सुरेस पन्थी आय पछि पत्रकारहरु बीच राखेको परिचयात्मक तथा अन्तर्किया कार्यक्रम सम्पन्न भएको हो ।

पत्रकार र प्रमुख जिल्लाअधिकारी बीच नङ र माशुको जस्तो सम्बन्ध हुने भएकाले बैतडी जिल्लामा सान्ती सुरक्षा जिल्लाको तल्लो स्वराड क्षेत्रमा हुने बाघको आतंक खुला सिमानाकामा हुने मानव बेचबिखन तथा वसार पसार बैतडी जिल्ला को सतबाझ मा रहेको पेट्रोल पम्प भए पनि पेट्रोल नपाइने बैतडी जिल्लामा मापदण्ड बिपरित खनिएका  सडक हरुमा हुने दुर्घटना सवारी साधनमा मापदण्ड बिपरित हुने गाडी भाडा ,विपद ब्यबस्थापन मा हुने ढिलासुस्थी बजार अनुगमन लगाएका थुप्रै कुरा हरु बैतडी जिल्लामा नंया आउनु भएका प्रमुख जिल्ला अधिकारी सुरेस पन्थी समक्ष पत्रकारहरुले गुनासा राख्नु भएको थियो ।

यस्तै पत्रकारहरुले राखेका गुनासाको जफाब दिदै जिल्ला प्रशासनबाट गर्ने नागरिकहरुलाइ  हरेककाम बाट बन्जित हुन दिने छैन  मेरो आफ्नौ कार्यक्षेत्र जति छ शान्तिसुरक्षा को बारेमा आफ्नौ क्षेत्र बाट हुने हरेक काम मा पछि हट्ने छैन । पत्रकारहरुले गरेका हरेक गुनासासालाइ सिरोधार्य गर्दै यीहरेक विषयमा गम्भीर भएर लाग्ने बताएका छन ।

जिल्ला मा सेवा लिन आएका सेवा ग्राहीलाइ जिल्ला प्रसासन को गेट भित्र छिरीसके पछि राती को ८ बजे सम्म पनि उहाको काम गरेर पठाउने प्रतिबद्धता बेक्त गर्नु भएको छ । बैतडीको तल्लो स्वराड क्षेत्रमा बाघको आक्रमण हुनेभएकाले  त्यो छेत्र मा थप सुरक्षा निकाय संग सहकार्य गरेर अझै के कती  जनशक्ति थप्न सकिन्छ यो पनि बुजेर प्रयास गर्ने बताएका छन । 

गाडी भाडाको सन्दर्भमा जुन ठाउँमा यातायात व्यावसायिहरुले तोकेको भाडा भन्दा बढी भाडा लिनु भएको छ । त्यो ठाउँबाटै मलाई  तुरुन्त  फोन गरेर भन्नुस मेरो फोन २४ सै घन्टा खुला रहने छ । त्यो चालकलाई तुरुन्तै कार्बाही गर्ने प्रतिबद्धता गर्नु भएको छ । सतबाझमा रहेको पेट्रोल पम्पमा के कति कारणले पेट्रोल पाइदैन म त्यो तुरुन्तै बुझेर थप नंया तरिकाले अगाडि बड्ने प्रमुख जिल्ला अधिकारी पन्थीले प्रतिबद्धता गर्नु भएको छ ।

उक्त परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ बैतडी जिल्लाका पदाधिकारी जिल्लामा रहेका सक्रिय पत्रकार स्थानीय मिडियामा आबद्ध सञ्चार कर्मी हरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया