२०८१ बैशाख २१ गते शुक्रबार
ट्रेन्डिङ

पञ्चेश्वरमा आगलागीमा दुई घरसहित धनमाल जलेर नष्ट

SansherOnline SansherOnline
शुक्रबार ०७, बैशाख २०८१ ०८:०७
पञ्चेश्वरमा आगलागीमा दुई घरसहित धनमाल जलेर नष्ट

बैतडी : पञ्चेश्वर गाउँपालिका - ४ भनकुडामा आगलागी हुँदा दुईवटा घर जलेका छन् ।  आगलागीमा स्थानीय जयबहादुर चन्दको ४ कोठे र ७ कोठे गरी २ वटा घरमा आगलागी भएको हो । 

जंगलमा लागेको आगोबाट घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आगलागीमा परी चन्दको अन्दाजी ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।  

आगलागी हुँदा घर र घरभित्र रहेका लत्ताकपडा, नगद, अन्न र सुनचाँदी सबै नष्ट भएको छ । आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।  आगलागीबाट मानवीय क्षती भएको  छैन् । 

जिल्लामा पछिल्लो समय दैनिक जसो आगलागीका घट्ना भइरहेका छन । 

प्रतिक्रिया