२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

मतदाता संख्याको अनुपातमा फलफुलका बोट रोप्छौ:अध्यक्ष जोशी

SansherOnline SansherOnline
आइतबार २२, जेठ २०७९ ०७:२१
मतदाता संख्याको अनुपातमा फलफुलका बोट रोप्छौ:अध्यक्ष जोशी

आशिष् माल बैतडी । बैतडीको डिलासैनी गाउँपालिकाले मतदाता संख्याको अनुपातमा फलफुलका बोट वृक्षारोपण गर्ने अभियान सुरु गरेको छ । आज विश्व वातावरण दिवस २०२२ को अवसर पारी डिलासैनी गाउँपालिका-५ गोकुलेश्वर कृषि तथा पशु बिज्ञान कलेजमा एक कार्यक्रम गरि सो अभियानको सुरु गरिएको गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले बताउनुभयो ।

कलेजमा वृक्षारोपण गरि अभियानको थालनी गरिएकोमा असार २२ गतेसम्म अभियानलाई निरन्तरता दिने उहाँले बताउनुभयो । साथै कृषि कलेजमा अध्यनरत बिद्यार्थिहारुलाइ आय आर्जनमा जोड्ने र गोकुलेश्वर कृषि तथा पशु बिज्ञान कलेजलाई नमुना कलेजको रुपमा पालिकाले कलेजसङ्ग हातेमालो गर्ने बताउनुभयो ।

 

प्रतिक्रिया