२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

हनुमान ध्वज गुल्म द्वारा सामुदायिक बिधालयमा आत्मा रक्षा तालीम तथा स्वास्थ्य शिबिर बैतडीमा सम्पन्न

SansherOnline SansherOnline
सोमबार १६, जेठ २०७९ ०३:०४
हनुमान ध्वज गुल्म द्वारा सामुदायिक बिधालयमा आत्मा रक्षा तालीम तथा स्वास्थ्य शिबिर बैतडीमा सम्पन्न

आशिस माल बैतडी । हनुमान ध्वज गुल्म बैतडी र जनस्वास्थ्य कार्यालय बैतडीको सयुक्त आयोजना मा स्वास्थ सिबिर एबम आत्मा रक्षा सितोरियो कराते कार्यक्रम दशरथ चन्द नगरपालिका वडा नम्बर ५ मा रहेको दशरथचन्द मा. बि सुन्दरखालीमा सम्पन्न भएको छ ।

दशरथ चन्द मा बि सुन्दरखालिका बिधालय ब्यबस्थापन समिती अध्यक्ष पार्वती चन्दको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नब निर्बाचित दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुष्कर राज जोशी(लख्खा) भाइ  रहेका थिए । उक्त कार्यक्रम दशरथचन्द मा बि सुन्दरखालिमा  समापन भएको हो ।

कार्यक्रममा बोल्दै हनुमानध्वज गुल्म  बैतडीका गुल्म पति खिल बहादुर  रानाले  यस आत्मा रक्षा तालीमले गर्दा पढाइको साथसाथै खेलमा रुचि जगाउने हाल अधिकासं विद्यार्थीहरु डिजिटल बिधिमा केन्द्रित रहेकाले सो समुहलाई मार्सल आटमा ध्यान केन्द्रित गरि एकाग्रताका साथ अध्यनसिल हुनुमा मदत पुग्ने विद्यार्थीहरु शारीरिक रुपमा स्वस्थ, मानशिक रुपमा सबल र सामाजिक रुपमा घुलमिल हुन सक्ने जिवनमा आइपर्ने सक्ने चुनौती हरुको सामना गर्न आत्मा बिश्वासको उजागर गर्दै महिला हिशात्मक अपराध हरुमा आत्मा सुरक्षा लगाएत महिला मत्री समाजको समेत बिकास गर्नमा योगदान पुगाउने सक्ने रानाले बताए । 

तत्कालीन यस बैतडी जिल्लामा रहेको सत्रुमर्दन गुल्म द्वारा दशरथचन्द नगरपालिका वडा नम्बर ५ मा रहेको दशरथ चन्द मा. बि सुन्दरखाली लाई पुस्तकालय ब्यबस्थापनको लागि आवस्यक सामाग्री सहित पुस्तकालय स्थापना गर्नु भएको थियोे ।सोही कार्यलाई निरन्तरता तथा थप ब्यबस्थापन गर्न हनुमान ध्वज गुल्म द्वारा तीस हजार बराबराको पुस्तकहरु हस्तान्तरण गरि पठनपाठन तथा पुस्तकालय ब्यबस्थापन गर्नको लागि सहयोग गरेको गुल्म पति रानाले जानकारी दिनु भएको छ ।

साथै सितोरियो करातेलाई ब्यबस्तित गरि संचालन गर्न तथा सितोरियो कराते डोजो त्रिपूरा बैतडीलाई थप ससक्ती करण गरि जिल्लाको खेल क्षेत्रमा योगदान पुगाउनमा सहयोग होस भन्ने उदेश्यले सितोरियो कराते गेयर सितोरियोकरातेकी प्रशिक्षक हेमा भट्टलाई गुल्मले हस्तान्तरण गर्नु भएको छ । यस्तै हुनुमाध्वज गुल्म बैतडीले बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ५ मा ३० जना बिद्यार्थिलाइ गुल्म पति रानाको बेक्तिगत लगानीमा प्रशिक्षण एबम आवस्यक सामाग्री सहयोग गर्नु भएको छ । बिशेश गरि ८,९, र १० का  विद्यार्थीहरुलाइ अध्यापन गर्नमा टेवा पुगोस् भन्ने उदेश्यले अग्रेजी , गणित र बिज्ञान बिषयका किताब र १२ पास गरि सके पछि नेपाल सेना अन्य सुरक्षा निकायबाट देशको सेवा गर्न इच्छुक बिधयार्थी लाई मार्गनिर्देशन होस भन्ने उदेश्यले सैन अधिकृत क्याडेट क्याप्सुल फौजी सम्बन्धि जानकारी मुलक ब्रोसरहरु दशरथचन्द मा. बि सुन्दर खालिको पुस्तकालयमा राखी अध्यनगर्ने विद्यार्थीहरुको लागि उचित बाताबरणको ब्यबस्थापन मिलाएको गुल्म पति रानाले जानकारी दिनु भएको छ ।

यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय बैतडीको नेतृत्व र हनुमान ध्वज गुल्मको समुन्वय सहकार्यमा दशरथचन्द माबि सुन्दरखालिमा अध्यनरत विद्यार्थी र अभिभावक डाबिटिज , आँखा , नाक कान , घाटी तथा बिभिद स्वास्थ चेक जाँच भएको छ । चेकजाँचमा महिला ४५ जना पुरुष ४५ जनागरि जम्मा ९३ जनाले स्वास्थ चेकजाँच गर्नु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख जय सिह बडालले जानकारी दिनु भएको छ।
 

प्रतिक्रिया