२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

सिगास –३ का वडाध्यक्ष र शिक्षकसहित तीनजना पक्राउ,करणीमा संलग्न फरार

SansherOnline SansherOnline
बुधबार १४, चैत २०८० ०५:४०
सिगास –३ का वडाध्यक्ष र शिक्षकसहित तीनजना पक्राउ,करणीमा संलग्न फरार

बैतडी : बैतडीमा एक वडाअध्यक्ष र एक शिक्षकसहित तीनजना पक्राउ परेका छन्। जिल्लाको सिगास गाउँपालिका–३ का वडाध्यक्ष र शिक्षकसहित तीनजना पक्राउ परेका हुन्।

सिगास गाउँपालिकाका प्रवक्तासमेत रहेका अमरसिंह धामीसहित शिक्षक पक्राउ परेका छन्। चार वर्षअघि जबरजस्ती करणी मुद्दा मिलोमतो गरेको आरोप लागेका सिगास गाउँपालिकाका प्रवक्तासमेत रहेका अमरसिंह धामीसहित तीनजना पक्राउ परेका छन्।

सोमबार वडाअध्यक्ष धामी, गाउँपालिकाका कर्मचारी राजेन्द्रसिंह धामी र भुवन भास्कार माविका शिक्षक मनोजसिंह धामी पक्राउ परेका हुन्। २०७७ सालमा स्थानीय दिपक सिंह धामीमाथि एक १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो। घटना बाहिर आएपछि वडाअध्यक्ष अमरसिंह, शिक्षक मनोजसिंह, कर्मचारी राजेन्द्रसिंहलगायतले तमसुक बनाएर घटना मिलोमतो गरेका थिए।

आरोपित दिपकले जबरजस्ती करणीमा परेकी किशोरीलाई सुन दिने सहमतिसहितको तमसुक बनाएका थिए। मिलोमतोमा संलग्न अर्का गोपालसिंह धामीले कैद भुक्तान गरेर छुटिसकेका छन्। सोही तमसुकको साँची बसेका अध्यक्ष, शिक्षक र कर्मचारी सोमबार पुनः पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई उच्च अदालत दिपायल कञ्चनपुरले एक महिना कैद सजाय तोकेको छ। त्यसमध्ये वडाअध्यक्ष र शिक्षक २७ दिन कारागार बसेका थिए। उनीहरूले अब ३ दिनमात्रै बस्नुपर्नेछ। यसअघि २५ दिन कैद भुक्तान गरेका राजेन्द्रले ५ दिन पुनः बस्नुपर्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। तीनै जनाले १० हजार जरिवना पनि तिर्नुपर्नेछ भने जबरजस्ती करणीमा संलग्न दिपकसिंह धामी फरार रहेका छन् ।

प्रतिक्रिया