२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

लैंङ्गिक हिंसा पिडीतको सहयोगको लागी होली खेल्दै जनप्रतिनिधि र कर्मचारी

SansherOnline SansherOnline
शनिबार १०, चैत २०८० ०९:४०
लैंङ्गिक हिंसा पिडीतको सहयोगको लागी होली खेल्दै जनप्रतिनिधि र कर्मचारी

मोहन चन्द-बैतडी : लैंङ्गिक हिंसा पिडीत राहात कोषमा सहयोगको लागि जनप्रतिनिधी र कर्मचारी मिलेर होली खेलिरहेका छन् । पाटन नगरपालिकाका प्रमुख गौरी सिह रावलको नेतृत्वमा पाटन नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी मिलेर होली खेलिरहेका छन् ।

होली खेलेर जम्मा भएको रकम लैंङ्गिक हिंसा पिडीत राहात कोषमा जम्मा गरिने पाटन नगरपालिकाका उपप्रमुख कमल सिह बोहराले बताउनु भयो । पिडीत महिलाहरुलाई सहयोग गर्न पाटनमा महिला सुरक्षित अवास संचालनमा रहेको छ ।

महिला सुरक्षित अवास संचालन गर्नकोलागि लैंङ्गिक हिंसा पिडीत राहात कोष बनाईको छ । सो होलीमा महिला हिंसा न्युनीकरण सम्वन्धि गित बनाएर होलीकै लयमा गाएर खेलिएको थियो ।

यस्ले एकातिर हिंसा न्युनीकरण सम्बन्धी जनचेतना जगाउनुका साथै लैंङ्गिक हिंसा राहात कोषमा पनि सहयोग पुग्ने लक्ष नगरपालिकाले लिएको छ । यो महिला सुरक्षित अवासमा जिल्लाका सबै हिंसा पिडीत महिलाहरु वस्ने गर्दछन् ।

प्रतिक्रिया