२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

सिगास शिक्षा क्याम्पसको नयाँ व्यवस्थापन समिति : अध्यक्षमा फेरि जगदिश,उपाध्यक्षमा सूर्यबहादुर

SansherOnline SansherOnline
शुक्रबार ०९, चैत २०८० ०५:५७
सिगास शिक्षा क्याम्पसको नयाँ व्यवस्थापन समिति : अध्यक्षमा फेरि जगदिश,उपाध्यक्षमा सूर्यबहादुर

बैतडी : सिगास गाउँपालिका भरीको एकमात्र क्याम्पस सिगास शिक्षा क्याम्पसको व्यवस्थापन समिति गठन गरिएको छ । गाउँपालिकाको  वडा नं २ गाँजरीमा रहेको सिगास शिक्षा क्याम्पसको नयाँ व्यवस्थापन समिति गठन गरिएको हो । 

क्याम्पसको अध्यक्षमा फेरि जगदिश सिंह ढाँट सर्वसम्मत चयन भएका छन् । ढाँटलाई दोस्रो कार्यकालका लागि चयन गरेको जनाइएको छ । यस्तै उपाध्यक्षमा सूर्यबहादुर बोहरा निर्वाचित भएका छन् । क्याम्पस व्यवस्थापन समिति २७ सदस्यीयको बताइएको छ । 

यस्तै समितिको पदेन सदस्यमा बैतडी जिल्लाबाट निर्वाचित संघीय सांसद तथा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी र प्रदेश सांसद  सुरेन्द्र पाललाई चयन गरिएको छ । नव निर्वाचित क्याम्पस व्यवस्थापन समितिले क्याम्पसको विकासका लागि पहल गर्ने बताएको छ । 

प्रतिक्रिया