२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

बडूगाउँ र बाँकु पुल संचालनमा, पुलको आज उद्घाटन

SansherOnline SansherOnline
बिहिबार १२, जेठ २०७९ ०७:२२
बडूगाउँ र बाँकु पुल संचालनमा, पुलको आज उद्घाटन

दार्चुला । तुइन विस्थापन गर्न महाकाली नदीमा निर्माण गरिएका झोलुङ्गे पुल संचालनमा ल्याउन थालिएको छ । व्याँस गाउँपालिका–६ बडूगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा निर्माण सम्पन्न पुलको आज एक कार्यक्रमका बीच उद्धघाटन गर्नु भएको छ ।

नागरिकको सहजताका लागि निर्माण सम्पन्न ती पुलहरू दुबै देशका अधिकारीहरुको उपस्थितिमा आज उद्धघाटन गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनु भएको छ । एकै प्याकेजमा सम्पन्न सीमा पुल सञ्चालनमा ल्याउन यसअघि नै निर्णय भइसकेको थियो । महाकाली नदीमाथि तुइन र ट्युब बिस्तापित गर्ने भनेर स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको सस्पेन्सन ब्रीज डिभिजनले चार स्थानमा झोलुङ्गे पुल निर्माणको ठेक्का पाएको थियो । जसअन्तर्गत व्याँस–६ बडूगाउँस्थित महाकाली नदीमा गत फागुनमै झोलुङ्गे पुल निर्माण भएको थियो ।

त्यस्तै व्याँस–४ मडगाउँमा पनि नेपाल–भारत जोड्ने झोलुङ्गे पुल माघ तेस्रो साता निर्माण सम्पन्न भइसकेको छ । तर अन्य भौतिक संरचना निर्माण कार्य भइरहेको छ । यस्तै व्याँस गाउँपालिका–२ मालमा पनि पुल निर्माणाधीन छ । दार्चुलामा भारतसँग सीमा जोडिएका ६ पुल संचालनमा रहेका छन् ।

प्रतिक्रिया