२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

बैतडीको एसईई सेन्टरमा परीक्षा सामग्री पठाईयो, व्यवस्थापन रकम अपुग विकटताले ढुवानी खर्च बढी

SansherOnline SansherOnline
बिहिबार ०८, चैत २०८० ०८:०६
बैतडीको एसईई सेन्टरमा परीक्षा सामग्री पठाईयो, व्यवस्थापन रकम अपुग विकटताले ढुवानी खर्च बढी

बैतडी : शिक्षा समुन्वय ईकाई बैतडीले माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा सामग्री परीक्षा केन्द्रमा पठाएको छ । जिल्लाका १० वटा स्थानियतहमा एसईईका २५ परीक्षा केन्द्र रहेका छन् । 

परीक्षा केन्द्रका केन्द्रा अध्यक्ष संग अभिमुखिकरण कार्यक्रम गरि परीक्षा सामग्री सम्बन्धीत केन्द्रा अध्यक्षलाई हस्तान्तरण गरि पठाएको शिक्षा समुन्वय ईकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनु भयो । तर परीक्षा संचालनको लागि सरकारले दिने रकम अपुग हुने भगौलिक विकटताले गर्दा ढुवानी खर्च बढी लाग्ने हुँदा सरकारले व्यवस्थापन रकम बढाउनुपर्ने केन्द्रा अध्याक्षहरुले माग गरेका छन् । 

परीक्षा संचालनमा क्षेत्राधिकारभित्रको आवस्यक सहयोग गरिने शिक्षा समुन्वय समिति अध्यक्ष एवम् जिल्ला समुन्वय समिती बैतडीका प्रमुख खगेन्द्र सिह धामीले बताउनु भयो । परीक्षामा नक्कल गर्न प्रतिवन्ध लगाई परीक्षालाई शान्तीपूर्ण तरिकाले सम्पन्न गर्न सबै केन्द्रा अध्याक्षलाई साहायक प्रमुख जिल्ला अधिकारी संकर बोहराले निर्देशन दिनु भयो । 

परीक्षालाई निषपक्ष, भयरहित र शान्त्ीपूर्ण तरिकाले संचालन गर्नको लागि आ आफनो ठाउँबाट सहयोग गरिने जिल्ला स्थित सुरक्षा निकायले जनाएको छ ।

यही चैत्र १५ गतेदेखि सुरु हुने एसईई परीक्षामा बैतडी बाट ५ हजार ८७ विद्यार्थी सहभागी हुने शिक्षा समुन्वय ईकाई बैतडीले जनाएको छ ।

प्रतिक्रिया