२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

बैतडीमा कोदालोले हानेर आफ्नै श्रीमतीको हत्या, डेरा गरेर बसेका कर्मचारी गम्भीर घाइते

SansherOnline SansherOnline
बिहिबार ०८, चैत २०८० ०२:१२
बैतडीमा कोदालोले हानेर आफ्नै श्रीमतीको हत्या, डेरा गरेर बसेका कर्मचारी गम्भीर घाइते

बैतडी : बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका–७ धामी गाउँका एक जना व्यक्तिले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । धामी गाउँका बस्ने कृष्ण धामीले आफनै श्रीमती ५६ वर्षीया पार्वती धामीको हत्या गरेका हुन् ।

यस्तै घरमा डेरा गरेर  बसेका डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्टलाई घाइते बनाएका हुन् । दुवै  कर्मचारी गम्भीर घाइते  भएका  जनाएको  छ ।

उपचारका लागी ल्याउदा श्रीमतीको बाटोमै मृत्युु भइसकेको छ भने गम्भीर घाइते भट्ट र कलौनीलाई थप उपचारका लागि सुर्खेतबाट नेपालीबसेनाको हेलिकप्टर मगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घटनाको कारण खुलेको  छैन्  । घटनाबारे  थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले  जनाएको  छ।  

प्रतिक्रिया