२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

बैतडीको पुर्चौंडीमा एक पुरुष मृत फेला

SansherOnline SansherOnline
बिहिबार ०८, चैत २०८० ०९:०१
बैतडीको पुर्चौंडीमा एक पुरुष मृत फेला

बैतडी : बैतडीको पुर्चौंडीमा एक पुरुष मृत फेला परेका छन् । नगरपालिकाको गैरागाउँका ४६ बर्षीय नरबहादुर बोहरा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए ।

गएको फागुन १९ गतेदेखि हराइरहेका बोहरा बुधबार नौलीगाड भन्ने स्थानमा मृत फेला परेका थिए । स्थानीयहरुले बोहरालाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर भएको प्रहरी निरीक्षक जोशीले बताए ।

मानसिक अवस्था ठीक नभएका बोहरा गएको फागुन १९ गते पसल जान्छु भनि हिँडेका थिए । सोहीदिनदेखि हराइरहेका बोहरा मृत फेला परेका हुन् ।

घटनाका बिषयमा अनुसन्धानका लागि प्रहरी निरीक्षक जोशी नेतृत्वको टोली घटनास्थल पुगेको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।

प्रतिक्रिया