२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

ग्रीन परियोजनाको सरोकारवालासंग समिक्षा कार्यशाला गोष्ठी सम्पन्न

SansherOnline SansherOnline
बुधबार ०७, चैत २०८० ०८:५०
ग्रीन परियोजनाको सरोकारवालासंग समिक्षा कार्यशाला गोष्ठी सम्पन्न

बैतडी : रुडेस सस्था बैतडी अन्तर्गतको ग्रीन परियोजनाले सरोकारवाला संग परियोजना समिक्षा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । समिक्षा गोष्ठीमा परियोजनाले पाटन र दशरथचन्द नगपालिकामा गरेका अहिले सम्मका कार्यक्रमको बारेमा सरोकारवालाहरुलाई जानकारी गराएको थियो ।

परियोजनाले सन २०२३ र २०२४ को हाल सम्म गरेका कार्यक्रमको बारेमा सरोकारवालाहरुलाई जानकारी गराएको रुडेस सस्थाका लेखा अधिकृत दिनेश प्रशाद जोशीले बताउनु भयो ।

भारतमा कामगर्ने कामदारका घरपरिवारका महिला सदस्यहरुको सशक्तिकरण तथा नेतृत्व विकास गरि जीवीकोपार्जन सुधार, जलवायुमैत्री कृषि प्रविधी विकास गरि व्यवसायिक तरकारी खेतीमा महिलाको पहुँच विकास, समाजिक सुरक्षामा पहुँच बृद्धिका लागि स्थानीय सरकार संग समुन्वय तथा सहकार्यमा विकास र उत्पादन मुलक पानीमा पहुँच, निर्णायक तहमा महिलाहरुको सहभागीतामा पहुँच जस्ता कार्यक्रम प्रोजेक्टले गरेको सस्थाका लौंगिक सामाजिक सुरक्षा अधिकृत योगेन्द्र वाहादुर कठायतले जानकारी गराउनु भयो ।

रुडेस सस्थाको यस कार्यक्रमबाट आफुहरु आत्मनिर्भर हुनुकासाथै क्षमताको समेत विकास भएकोले अझै एकदुई वर्ष कार्यक्रमको अवधि थप भएमा सबै महिलाहरु स्वावलम्वी भई आत्मनिर्भर हुने दशरथचन्द नगरपालिका एक की लक्ष्मी भाटले बताउनु भयो ।

स्थानीय स्रोतसाधनको परिचालन गर्नुका साथै परियोजनाको लक्ष उद्देश अनुसार काम गरि परियोजना अगाडी बढी रहेको परियोजनाका कार्यक्रम संयोजक असोक बहादुर चन्दले बताउनु भयो । सस्थाले नगरपालिकाभित्र रामै्र काम गरेकाले अझै सस्थाको कार्यक्रम थपको लागि नगरपालिकाले गर्नुपर्ने आवस्यक सहयोग गरिने दशरथचन्द नगरपालिकाका उपप्रमुख कौसिला चन्दले बताउनु भयो ।

आफु समग्र नगरपालिकाको विकासको लागि सधै प्रयत्न रहेकाले महिलाहरुको क्षेत्रमा नगरपालिकाले गर्नुपर्ने कार्यक्रम जनमुखी बनाउनमा आफु लागीपरेको समेत उपप्रमुख चन्दले बताउनु भयो ।

प्रतिक्रिया