२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

पाटन-७ कैलपाल लैजाँदै गरेको अवैध शराब बरामद

SansherOnline SansherOnline
बुधबार ०७, चैत २०८० १०:४०
पाटन-७ कैलपाल लैजाँदै गरेको अवैध शराब बरामद

बैतडी : बैतडीमा प्रहरीले मदिराजन्य पदार्थ बरामद गरेको छ ।  जिल्लाको पाटनबजारदेखि पाटन-७ कैलपाल लैजादै गरेको से १ ज ५२२ नम्बरको जिपमा प्रहरीले चेकजाँचका क्रममा मदिराजन्य पदार्थहरु बरामद गरिएको हो ।

गाडीमा लुकाइछिपाइ लगिरहेकाे मदिरा बाजापानी नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ हवल्दार नहकुल बहादुर सिहले बताए । १ पेटी भर्जिन १ पेटी बियर १३ पेटी ओरेज नामक मदिरा चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय पाटन अन्र्तगत अस्थायी प्रहरी पोष्ट बयलाचोराले नियन्त्रणमा लिएको छ । 

पाटनको वडा नम्बर १ र ७ मदिरा निषेधित क्षेत्र हुन्र । 

प्रतिक्रिया