२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

नेपाल-भारत सीमा बैठक : झुलाघाट पुल बेलुकी ७ बजेसम्म खोल्ने सहमति

SansherOnline SansherOnline
बुधबार ०७, चैत २०८० ०९:१०
नेपाल-भारत सीमा बैठक : झुलाघाट पुल बेलुकी ७ बजेसम्म खोल्ने सहमति

बैतडी : नेपाल–भारत सीमा समन्वय बैठक भारतको पिथौरागढमा सम्पन्न भएको छ । बैठकमा दुवै देशका सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका बिषयमा छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

यस्तै भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कता,मानव तथा वन्यजन्तु तस्करीमा रोक, लागुऔषध ओसारपसारमा रोक लगायतका बिषयमा बैठकमा छलफल भएको छ ।

भारतमा अप्रिलमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गरेर चुनाव हुनुभन्दा ७२ घण्टा अगाडी सीमा नाका बन्द गर्ने दुवै देशका अधिकारीहरुबीच सहमति भएको जनाएको छ ।
बैतडीसंग सीमा जोडिएको झुलाघाट पुल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला राख्ने सहमति समेत भएको प्रजिअ शर्माले बताउनुभयो । यसअघि यो पुल बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै खुल्ने गरेको थियो।

बैठकमा भारतीय पेन्सनधारी नेपालीहरूलाई सहजता गर्ने, सीमा क्षेत्र भएर बग्ने महकाली नदीको सरसफाइ, द्विपक्षीय सीमा क्षेत्रका विविध बिषयमा छलफल समेत बैठकमा छलफल भएको छ ।

बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । यस्तै भारतकातर्फबाट पिथौरागढका जिल्ला अधिकारी रीना जोशी, चम्पावतका जिल्ला अधिकारी नवनीत पाण्डे लगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया