२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

बझाङमा ट्याक्टर दुर्घटना,पुर्चौंडी घर भएका सागर घाइते

SansherOnline SansherOnline
शनिबार ०३, चैत २०८० ०५:५९
बझाङमा ट्याक्टर दुर्घटना,पुर्चौंडी घर भएका सागर घाइते

बैतडी- बझाङमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको तलकोट गाउँपालिका – १ को सुनिगाड पुल नजिकै ट्याक्टर दुर्घटना भएको हो। शनिवार दिउँसो तलकोटबाट सदरमुकाम चैनपुर जानेक्रममा सुनिगाड पुल नजिकै से २ त ३५४७ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

चालक बैतडीको पुर्चौंडी नगरपालिका–४ का ३५ वर्षीय सागर बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीले बताए। सूचना अधिकारी चौधरीका अनुसार चालक बोहराको टाउको, बायाँ आँखा र ढाडमा चोट लागेको छ।

उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। ट्याक्टर सडकबाट अन्दाजी ४० मिटर तल खसेको छ। 

प्रतिक्रिया